Logo

लकडाउन आदेशको अपेक्षाकृत पालना, काठमाडौंदेखि बनेपासम्मका तस्विर (फोटोफिचर)



काठमाडौं, १२ चैत्र । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ ।

ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य जस्तै देखिन्थ्यो । ग्रामीण भेगमा खुलेका खाद्यन्न तथा तरकारी पसलमा बिहानदेखि नै सर्वसाधारण पुगेका थिए । सधैंजसो नियमित कामका लागि सबेरै निस्कने अनि दिनभरको काम गरेर घर पुग्ने कर्मचारी, उद्योगी र व्यवसायी भने दिनभर घरैमा बस्नु परेकामा पट्यार मानिरहेका थिए ।

यद्यपी परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ राख्न योगदान पु¥याउने बाध्यात्मक अवस्थका कारण घरमै बसेर पुस्तक पढ्ने, टेलिभिजन हेर्ने तथा अन्यघरासी काममा समय बिताएका थिए । सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारी साधनलाई आवश्यकता मूल्यांकनका आधारमा सुरक्षा निकायले अनुमति दिइएको थियो ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको सुन्धारादेखि, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलङ्की त्यसपछि बल्खुहुदै कोटेश्वर र त्यहाँबाट सिधै काभ्रेको पनौतिसम्मको कारोना बन्दको तस्विरहरु कैद गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्