Logo

यी हुन गत चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका नागरिक (विवरणसहित)



काठमाडौं, चैत १३ । गत चैत ४ मा कतार एयरवेजबाट नेपाल आएका मध्ये एक जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले उक्त जहाज मार्फच नेपाल आएको अन्यको खोजिकार्य जारी छ ।

एक युवतीमा संक्रमण देखिएपछि सो जहाजमा नेपाल आएका को को थिए सबैको कौतुहल्ताको विषय बनेको थियो । अध्यागमन विभागले उक्त जहाजबाट नेपाल आउने हवाई यात्रुको विवरण सार्वजनिक गरेको छ । उक्त सूचि अनुसार प्रहरीले खोजिकार्य गरिरहेको छ भने सम्पर्कमा आउनेहरुलाई क्वारेन्टाइनमा राख्दै आएको सरकारले जनाएको छ ।

केहिले भने आफुहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको समेत जानकारी गराएका छन् । सार्वजनिक विवरण अनुसार तपाईको कोहि आफन्त तथा छिमेकि वा नातेदार र चिनेका मध्ये कोहि रहेछन भने उनीहरुसम्म यो जानकारी पु¥याउन समेत सरकारले अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्