Logo

‘वनका राजा लकडाउन’मा



दैलेख, चैत १३ । ‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण नहोस भन्नका लागि ‘लकडाउन’ गरिएको बताए ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको राउटे दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदाय हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए ।

‘हामीले वनका राजाको ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको उनले जानकारी दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्