Logo

‘सेल्फ क्वारेन्टाइन’मा बस्दा अपनाउनुपर्ने १५ वटा नियम



काठमाडौं, चैत १३ । नोवेल कोरोनाभाइरसको त्रासका कारण यतिबेला विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । विश्वका करिब २ अर्ब ५० करोड मानिस अहिले कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनमा बस्न बाध्य छन् । भाइरसको सक्रमण फैलन नदिन सबैलाई घरभित्र बस्न आग्रह गर्दे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेल्फ क्वारेन्टाइन अर्थात एकान्तवासमा बस्दा अपनाउनुपर्ने १५ वटा नियम सार्वजनिक गरेको छ ।

के(के नियमहरु हुन् नियमहरुरु
१। पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने । सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी राख्ने ।

२। छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्ने । सम्भव नभएमा प्रयोग गरेपछि बाथरुम र शौचालय आफै सफा गर्ने ।

३। आफू बस्ने कोठा आफै सफा गर्ने ।

४। घरभित्र साझा रुपमा प्रयोग हुने ठाउाहरु जस्तै भान्सा, शौचालयमा आवतजावतलाई सीमित पार्ने । यी साझा ठाउँहरुमा पर्याप्त भेन्टिलेसन भएको ९ वा झ्याल खुल्ला राख्ने० ।

५। स्वास्थ्य संस्था जान बाहेक अन्य कामका लागि घर बाहिर नजाने । काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरुमा नजाने र सार्वजनिक यातायातको प्रयोग नगर्ने ।

६। नियमित रुपमा आफ्नो हात साबुन र पानीले मिचीमिची २० सेकेन्डसम्म धुने, वा हात सफा राख्न अल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने । हात नधोइ आँखा, नाक र मुखबाट छुन जोगिने ।

७। प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भााडा, तौलिया र रुमाल, ओच्छ्यान वा अन्य सामानहरु घरका अन्य व्यक्तिसँग साझा प्रयोग नगर्ने । प्रयोग गरेपछि यी सामानहरु साबुन र पानीले सफासँग धुने ।

८। अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्क नगर्ने ।

९। यदि अन्य व्यक्तिहरुसँग सम्पर्कमा आउनु पर्दा, कम्तीमा १ मिटर९३ फिट० को दूरी राख्ने र अर्को व्यक्तिसाग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क प्रयोग गर्ने ।

१०। खोक्दा वा हााच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने ।

११। आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रुमाल, मास्क र अन्य चिजहरु छुट्टै फोहोर फाल्ने ठाउाहरुमा फाल्ने र फालेपछि तुरुन्तै कम्तीमा २० सेकेन्डसम्मका लागि आफ्ना हातहरु साबुन र पानीले मिचीमिची धुने । रुमाल वा पुनः प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुने र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्ने ।

१२। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्ने र आवश्यक सहयोगका लागि सधैँ तयार रहने ।

१३। क्वारेन्टाइनमा रहादा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जााच्ने र दिइएको फारामहरुको रेकर्ड गर्ने । दिइएको निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्यस्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने ।

१४। कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा केही समस्याहरु भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशहरु अनुरुप गर्ने ।

१५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसागको पूर्व अनुमतिबिना क्वारेन्टाइन स्थानभन्दा बाहिर यात्रा नगर्ने ।



प्रतिक्रिया दिनुहोस्