Logo

हाम्रो पात्रोले शुरु गर्यो ‘एनसेल कल टु डक्टर’



काठमाडौं, १३ चैत्र । नेपाली एप्लिकेसन ‘हाम्रो पात्रो’ ले भिडियोमार्फत डाक्टरसँग परामर्श लिन एनसेल कल टु डाक्टर सेवा शुरु गरेको छ । नेपाल चिकित्सक संघ र एनसेलसँग सहकार्यमा घरमै बसी कोरोना भाइरस सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव दिन यो सेवा शुरु गरेको ‘हाम्रो पात्रो’ ले जनाएको छ ।

‘हाम्रो पात्रो’ का प्रबन्ध निर्देशक सन्तोष देवकोटाले सिंगो देश कोरोनाविरुद्ध एकजुट हुनुपर्ने आवश्यकतालाई दृष्टिगत गरी यो सेवा शुरु गरेको जानकारी दिए । उनले देश जुट्ने अभियानमा साथ दिनेहरुमा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्