Logo

तरकारीको मूल्य तेब्बर



काठमाडौ, १३ चैत्र । लकडाउन अघि उपभोक्ताले गोलभेडा प्रतिकेजी ४० रुपैयाँले पाउँथे । अहिले उपभोक्ताले १२० रुपैयाँमा खरिद गर्नुपर्ने अवस्था बनेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास बोर्डले तोकेको खुद्रा मूल्य नै ९० रुपैयाँ छ । व्यवसायीले जोखिम मोलेर सामान ल्याउनुपरेको भन्दै प्रतिकेजी १२० भन्दा बढीमा विक्री गरिरहेका छन् ।

गोलभेडा मात्र नभई प्याज, आलुलगायत अन्य तरकारीको मूल्य पनि आकाशिएको छ । सरकारका मन्त्री कालोबजारी गर्नेमाथि कारबाही गर्छु भन्दै मिडियामा बोलिरहेका छन् तर उपभोक्ता दोब्बर तेब्बर मूल्यमा खरिद गर्न वाध्य छन् । जसका कारण सर्वसाधारणको भान्छा महङ्गिएको छ ।

आज कालिमाटी बजारमा ठुलो गोलभेडाको मुल्य प्रतिकेजी ९० रुपैयाँमा बिक्रि भएको छ । सानो गोलभेडा प्रतिकेजी १०५ रुपैयाँ, तने बोडी प्रतिकेजी १४५ रुपैयाँ, मटरकोशा प्रतिकेजी ८५ रुपैयाँमा खरिद बिक्रि भएको कालिमाटी फलफुल तथा शाकाहारी बजारले जनाएको छ । तितेकरेला प्रतिकेजी १५५ रुपैयाँ, लौका प्रतिकेजी ९५ रुपैयाँ, परवर प्रतिकेजी १५५ रुपैयाँ र हरियो फर्सी ५५ रुपैयाँम खुद्रा मूल्यमा विक्री भएको कालिमाटी बजारले जनाएको छ । तर, अन्य विक्रेतासम्म पुग्दा यो मूल्यभन्दा बढी नै तिर्नुपर्ने वाध्यता रहेको छ ।

कालिमाटीबाट अन्य स्थानमा तरकारी पुग्दा तोकिएको खुद्रा मूल्य भन्दा निकै बढी तिर्नुपरेको छ । यसले उपभोक्तामा आर्थिक संकट गहिरिने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्