Logo

भारतमा आठ करोड परिवारलाई तीन महिना निःशुल्क दाल चामल र खाना पकाउने ग्याँस



एजेन्सी, १३ चैत्र । भारतमा २१ दिने लकडाउनको कडाईका साथ पालना गराउन सरकारले आर्थिक प्याकेज घोषणा गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सितारामनले आज गरेको घोषणा अनुसा ८ करोड ३० लाख परिवारले निःशुल्क खाना पकाउने ग्याँस सिलिन्डर पाउनेछन् ।

गरिब कल्याण योजना अन्र्तगत तीन महिनासम्म प्रत्येक परिवारको सदस्यले पाँच केजी चामल र एक केजी दाल प्रति महिनाका दरले निःशुल्क पाउनेछन् ।

प्याकेज १७ खर्ब भारतीय रुपैयाँ रहेको छ । जसमा कोरोना भाइरसका संक्रमितको उपचारमा खटिने चिकित्सकका लागि ५० लाख भारुको बिमा समेत छ ।

भारत सरकारले २१ दिन लकडाउन गरेपछि नागरिकको जीवन सहज बनाई दैनिक उपभोग्य सामाग्रीको आपूर्ति गराउन यस्तो योजना ल्याएको हो । त्यहाँ कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या बढेपछि लकडाउन लम्बिने सम्भावनालाई दृष्टिगत गरी आर्थिक प्याकेज घोषणा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्