Logo

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो



एजेन्सी, १३ चैत्र । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहिबार साँझसम्म १६ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार स्वास्थ्य मन्त्रालयको बिहिबारको बुलेटिनमा ६९४ जना संक्रमित भइसकेको तथ्यांक छ । यी मध्ये ४४ जना नीको भई घर फर्किइसकेका छन् ।

भारतले कोरोना भाइरस संक्रमणको रोकथामका लागि २१ दिनको लकडाउन गरेको छ । आजै भारत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्