Logo

लुक्लाबाट पर्यटक उद्दार गर्न तारा एअरले जहाज पठाउँदै



काठमाडौं, १३ चैत्र । कोभिड-१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेपछि यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दारको लागि आज जहाज पठाएको छ ।

काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो । तारा एअरको-१८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्