Logo

लकडाउनको तेस्रो दिन : पुतलीसडकदेखि जोरपाटीसम्मका तस्विर (फोटोफिचर)



काठमाडौं, १३ चैत्र । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको आज बिहीबार तेस्रो दिन हो । आजको दिनपनि काठमाडौं उपत्यका सुनसान रह्यो । जनताले सरकारको आदेशको पूर्ण पालना गरेको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले धन्यवादसमेत दिएका थिए ।  देशभरिको कुरा गर्दा धेरै लकडाउनको आदेश उल्लघंन गरेका थिए । कतिपय सवारीसाधन त कारबाहीमा परेका छन् ।

लकडाउनले आम उपभोक्तामा ठूलो असर परेको भन्दै सरकारले खाद्यान्न घरघरमै आपूर्ति गर्नसमेत आज निर्देशन दिईसकेको छ । अब जनता खाद्यान्नलगायत अत्यावश्यक वस्तु लिन बजारसम्म जान नपर्ने सरकारले तयारी गरेको छ । ठूला सपुरमार्केटलाई अनलाईनमार्फत अर्डर लिएर सामग्री घरमै ढुवानी गर्न भनिएको छ। कतिपयले त भोलिदेखि सेवा दिने तयारी गरेका छन ।

लकडाउनको आज तेस्रो दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको पुतलीसडकदेखि जोरपाटीको अवस्था आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौं तस्विरहरु :

 



प्रतिक्रिया दिनुहोस्