Logo

लकडाउन प्रभाव : पशुपतिनाथ मन्दिर सुनसान (फोटोफिचर)



काठमाडौं, १३ चैत्र । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले नेपाललाई समेत प्रभाव परेको छ। सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउन नै लगाएको छ । लकडाउनको आज तेस्रो दिन हो । जनताले सरकारको आदेश पूर्ण पालना गरेका छन् ।

यही लकडाउनको कारण हिन्दूधर्मालम्बीहरुको आराध्यदेव महादेव पशुपतिनाथको मन्दिरमा पनि परेको छ । दैनिक हजारौं भक्तजनले भरिने पशुपतिनाथ मन्दिर अहिले निःशब्द अर्थात मुर्दाशान्तिको अवस्थामा छ । विहीबार पनि काठमाडौं सुनसान रह्यो ।विहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिर परिसर अहिले भने सुनसान छ । त्यहाँ कुनै चहलपहल नै छैन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्