Logo

चीनको सीमा भोलिबाट बन्द, विदेशीलाई प्रवेश रोक



एजेन्सी, १४ चैत्र । चीनले आफ्नो सीमा शनिबारबाट बन्द गर्ने घोषणा गरेको छ । उसले विदेशीलाई प्रवेशको अस्थायी रोक लगाएको छ ।

चीन सरकारले बिहिबार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनले भीसा तत्काल जारी नगर्ने र जारी गरेकाहरुलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । कुटनीतिक राहदानी भएकालाई पनि प्रवेश दिइने भनेको छ ।

तीन महिना अघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए । अहिले चीनले कोरोना भाइरसविरुद्धको संघर्षमा धेरै सफलता हासिल गर्दा अन्य देशमा संक्रमण बढेको छ । यसलाई दृष्टिगत गरी चीनले विदेशीलाई अस्थायी रुपमा रोक लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्