Logo

अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित



काठमाडौं, चैत १४ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।इटलीमा पछिल्लो दुई दिनको तुलनामा मर्नेहरूको सङ्ख्या फेरी बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ। बीबीसीका अनुसार हाल सकरिब २३ हजार मानिसको ज्यान गइसकेको छ।



प्रतिक्रिया दिनुहोस्