Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, अचानक अस्पताल भर्ना



काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई राति समस्या भएपछि मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमाभर्ना गरिएको हो ।

दोस्रो पटक मृगौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री ओलीलाई शरीरमा केही पीडा भएपछि अस्पताल लगिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली पछिल्लो समय सक्रिय हुन थालेका थिए । उनलाई चिकित्सकले कम्तिमा केही महिना आराम गर्न सल्लाह दिएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्