Logo

देउवाद्वारा दुःख व्यक्त



काठमाडौ, १४ चैत्र । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काँग्रेस महासमिति सदस्य एवं वरिष्ठ समाजसेवी लामाको उपचारका क्रममा यही चैत १३ गते भारतको मेदान्त अस्पतालमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

साथै सभापति देउवाले स्व लामाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्