Logo

यती एअरलाइन्सद्वारा आज पोखराबाट ५८ पर्यटक उद्दार



काठमाडौं, १४ चैत्र । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पोखरामा पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्सले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याउँदै छ । ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु रहेका छन् ।

काठमाडौं स्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्सले पर्यटकहरु उद्दारका लागि विमान पठाएको हो । यती एअरलाइन्सको ७२ सिट क्षमता भएको एटिआर ७२ नाईन एन एएमएन विमान यात्रु लिन त्रिभुवन विमानस्थलबाट साँझ ५ बजे पोखरातर्फ प्रस्थान गरेको थियो ।

यसका साथै यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हिजो लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र आज विहान पनि १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागिसम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्