Logo

लक डाउन उल्लङ्घन गर्नेलाई अब प्रहरीले नछोइकन पक्राउ गर्छ(तस्विर)



चैत १४, काठमाण्डौ । सरकारले लकडाउन घोषणा गरेको चार दिन भएको छ । अधिकांश नागरिक घरभित्रै छन् । तर सबैले लक डाउन पालना गरेका छैनन् । अब लकडाउन अटेर गर्दै सडकमा निस्किनेलाई प्रहरीले विशेष साधनको प्रयोगले पक्राउ गर्ने भएका छ ।

लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो ।

मल्टी फङ्सनल एरेस्ट एण्ड रेस्कू डिभाइस पनि भनिने उक्त उपकरण पहिलो चरणमा ६ वटा प्रयोगमा ल्याइएको छ । व्यक्तिलाई पक्राउ गर्दा ३ मिटर परैबाट समात्न सकिने गरी यो प्रयोगमा ल्याइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा पनि लिनुपर्ने र शारिरिक दुरी पनि कायम गर्नुप‍र्ने भएकाले उक्त उपकरण प्रयोगमा ल्याइएको हो ।

परिसरले अहिले दुईवटा टोली बनाएर लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । अहिलेसम्म यो उपकरणको प्रयोग गरेर ५० जनाभन्दा बढिलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले यो उपकरण प्रहरीले हालै भित्र्याएको भने होइन । विगतमा पनि कुनै प्रकोप वा महामारीका बेला प्रयोग गर्न सकियोस् भनेर ‘स्ट्याण्ड बाई’ राखिएको थियो ।

यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग हुने छ ।

अभ्यासका क्रममा देखिएको दृश्य :



प्रतिक्रिया दिनुहोस्