Logo

कोरोना नियन्त्रण तथा उपचार कोषमा कर्मचारीले अनिवार्य रकम जम्मा गर्नुपर्ने



काठमाडौं, चैत १५ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामति एवं सार्वजनिक निकायमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा केही रकम जम्मा गर्नुपर्ने भएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले कर्मचारीले तह र श्रेणीगत आधारमा अनिवार्य रूपमा कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार मुख्य सचिव, सचिव र सहसचिवले सुरु स्केलको ७ दिनबराबरको तलब जम्मा गर्नुपर्नेछ भने उपसचिव र शाखा अधिकृतले पाँच दिनको, राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीले तीन दिनको तलब जम्मा गर्नुपर्नेछ। सरकारले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको कोरोना नियन्त्रण तथा उपचार नामको खाता नं १९६०००००११०१ सञ्चालनमा ल्याएको छ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नागरिकलाई समेत सो कोषमा रकम जम्मा गर्न आह्वान गरेको सरकारले निजी क्षेत्रबाट कोष खडा गर्ने र अभियान सञ्चालन गर्ने कार्यलाई भने रोक लगाएको छ।

कोषमा जम्मा भएको रकम कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, क्वारेन्टाइन व्यवस्थापन, मेडिकल सामग्री आपूर्तिलगायतमा खर्च गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्