Logo

घनगढीका कोरोना संक्रमित युवाको परिवार स्वाब परिक्षण गराउन अस्पतालमा



कैलाली, चैत १५ । धनगढीमा भेटिएका कोरोना संक्रमित युवाको परिवारका सद्श्यलाई अस्पताल भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संक्रमित युवकका बुवा, आमा, दाजु भाइजु र भतिजी, श्रीमती र छोरी गरी ७ जनालाई निगरानीमा राख्न एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार अस्पताल ल्याइएका उनीहरु सबैको शनिबार स्वाब संकलन हुँदैछ।

हाल सोहि अस्पतालमा उपचार गराइरहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका थिए।

ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्लै हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए।

चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका ति युवामा घर पुगेको तीन दिनपछि ज्वरो आएको थियो । उनलाई अस्पताल पु¥याउने युवाको खोजि भइरहेको समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्