Logo

कोभिड-१९ टेष्टको रिपोर्ट आउन १४ घन्टा, खर्च १३ हजार प्रति टेष्ट



डा. खेम कार्कीः स्वास्थ्यकर्मीलाई अहिले इमेर्जेन्सीलाई चाहिने सामाग्रीहरु तयार गरेका छौं । हामी सबै छ भन्दैनौं । त्यसको लागि आवश्यक सामाग्रीहरु मगाइरहेका छौं । टेष्ट गर्नको लागि टेष्ट किटहरु एकदमै कम छ । त्यसको परिपूर्तिको लागि टेष्ट किट र चिकित्सकहरुलाई आवश्यक पर्ने सामान आइतबारसम्ममा आइपुग्छ । त्यो सामान आइसकेपछि देशभर टेष्ट गर्न काममा वृद्धि गर्छौ । टेष्ट गर्ने आवश्यक ल्याबहरुलाई पनि बृद्धि गर्दछौं । परीक्षणले मात्रै रोग नियन्त्रण हुने होइन, त्यसैले पहिला त रोग नसर्नेतिर ध्यान दिनुपर्छ ।

सातवटै प्रदेश र अरु ठाउँमा पनि आवश्यक परेको खण्डमा ल्याबहरुको व्यवस्था गर्दछौं । यो परीक्षण अरु रोगको जस्तो होइन । यो एकदमै नयाँ ढंगको हुन्छ । ल्याबहरु पनि त्यही खालको चाहिन्छ । यो परीक्षण महंगो पनि छ । यसको अहिले रगत निकालेर अहिले नै रिपोर्ट आउने हुँदैन । यसको प्रोसेसिङ नै लामो हुन्छ । यसको रिपोर्ट दिन कम्तिमा पनि १४ घण्टा लाग्छ ।

कोरोना भाइरसको छिटो टेष्ट किटहरु जति संसारमा बनेका छन् त्यसले दिएको रिपोर्ट त्यति राम्रो छैन । त्यसैले यो टेष्टको परीक्षण ल्याबमा लगेर मात्रै हुने भएकाले यसमा समय लाग्ने छ । यो महंगो पनि छ । एउटा टेष्टको कम्तिमा नेपाली १२-१३ हजार खर्च लाग्छ ।- ऋषि धमलासँगको अन्तवार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्