Logo

युएईमा थप दुई नेपालीमा कोरोना संक्रमण



काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स सुएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् ।

राजदूत ढकालका अनुसार संक्रमित दुवैजना नेपालीको अवस्था स्थिर छ र युएइमै उपचार भइरहेको छ। यसअघि पनि युएईमा दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। उनीहरु उपचारपछि स्वस्थ भइसकेको ढकालले जानकराी दिए ।

य़ुएइको उपचार पद्धति उच्चस्तरको भएको र त्यहाँ रहेका नेपालीहरु पनि युवा उमेरको बढी भएको उनले बताए ।

युएईमा विदेशबाट आएका वा संक्रमण भइसकेका व्यक्तिहरूको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेका मान्छेहरूमा बढी संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ।



प्रतिक्रिया दिनुहोस्