Logo

प्रचण्डको अपिल : राज्यले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्नुपर्छ (भिडियोसहित)



काठमाडौं, १५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन थप सावधानी अपनाउन अपिल गरेका छन् ।  आज (शनिबार) एक भिडियो सन्देश प्रवाह गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,”मानव जातीको एकता, राष्ट्रको एकता र उच्च मनोवलले हामी विजयी हुनेछौं। विश्व समूदायसँगै नेपाली जनताले अपनाएको सजगताप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

उनले महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लडनका लागि आफ्नो पार्टीका कार्यकर्तालाई स्वयमसेवीको भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका छन् । त्यस्तै, चिकित्सक र स्वासथ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न राज्यले थप जोड दिन आवश्यक पनि अध्यक्ष दाहालले आवश्यकत्ता औंल्याएका छन् ।

त्यस्तै, अध्यक्ष दाहालले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गरेका छन् । उनले गरिब र असहायको पक्षमा मुठी फुकाउन निजी क्षेत्रलाई आह्वान समेत गरेका छन् ।सरकारले चैत्र ११ गतेबाट सुरु गरेको लकडाउन आदेशको पूर्ण रुपमा पालना गर्दै घरबाट ननिस्कन र अनुशासनमा बस्न समेत उनले अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्