Logo

लकडाउनको पाँचौं दिन : काठमाडौं सुनसान (फोटोफिचर )



काठमाडौं, १५ चैत्र । सरकारले कोरोना भाइरसको संक्रमण नफैलिईयोस भनेर उच्च सतर्कता अपनाएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले चैत्र ११ गतेबाट लकडाउन लगाएको छ । आज लकडाउनको पाँचौ दिन हो । सरकारले लगाएको लकडाउनको आदेश जनताले पूर्ण पालना गरेका छन् । अत्यावश्यक कामबाहेक कोही पनि घरबाट निस्किएका छैनन् ।

औषद्योपचार गर्नबाहेक कोही पनि सकडमा निस्किएको देखिएको छैन् । हिजोबाट त प्रहरीले लकडाउन कार्यान्व्यन गर्न थप कडाई गरेको छ । आदेशको अवेज्ञा गर्नेहरुलाई समातेर कारबाही समेत थालेको छ । लकडाउनको आज पाँचौं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले पुतलीसडकदेखि न्युप्लाजा, अनामनगर, नयाँ बानेश्वर हुँदै बबरमहलसम्मका तस्विरहरु कैद गरेका छन् ।

हेरौं तस्विर :

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्