Logo

पिपिई हस्तान्तरणमा निजी क्षेत्रको अग्रसरता



काठमाडौ, १५ चैत्र । कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण ९पिपिई० को अभाव भइरहँदा व्यक्तिगतस्तरबाट सरकारलाई सहयोग हुन थालेको छ ।

इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका व्यवसायी भरत पराजुलीले आज स्वास्थ्य मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइलाई ४० सेट पिपिई हस्तान्तरण गरे ।

हरेक पिपिई सेटमा ‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, शरीरमा लाउने कपडा, जुुत्ता, स्यानिटाइजर, जुत्ता कभरसहित आठ प्रकारका स्वास्थ्य सामग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपका छन् ।

पराजुलीले सबै सामग्री नेपालकै बजारबाट किनेको जानकारी दिए । “एक सेट पिपिईको मूल्य अभिवृद्धिकर ९भ्याट० बाहेक रु आठ हजार ५०० प¥यो, उनले भने, “कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस् भनेर आफूले सकेको सहयोग गरेको हुुँ ।”

उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका बीचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । “यो एउटा नेपाली नागरिकको दायित्व निर्वाह गरेको हुँ”, उनले भने ।

पिपिई सेट बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अहिलेको आवश्यकता नै पिपिई भएको बताए । सो सेटले ज्वरो क्लिनिक, आइसोलेसनमा भएका बिरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डा पोखरेलको भनाइ छ ।

पिपिई सेट प्रमुख विशेषज्ञ डा पोखरेल र मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

सनराइज बैंक सहयोग

यस्तै सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई २५ थान उपलब्ध गराएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिई दिएको बैंकले जनाएको छ ।

बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आज वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीलाई २५ थान पिपिई हस्तान्तरण गरे। साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई पनि २५ थान पिपिई हस्तान्तरण गरे।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्ययालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए।

कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पूर्ण देशवासीलाई थोरै थोरै भए पनि मलम लगाउने उद्देश्यले सातै वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गर्ने जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्