Logo

बालाजु माछापोखरीका जनतालाई छेकेन लकडाउनले, किनमेलमा भीड (फोटोफिचर)



काठमाडौं, १५ चैत्र । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाउँदै एक साता लामो लकडाउन लगाएको आज पाँचौ दिन हो । लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयनको लागि सडकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । अत्यावाश्यक कामबाहेककलाई घरमै बस्न गरिएको अनुरोध कतैकतै भने पालना नभएका समाचारसमेत आईरहेका छन् । भक्तपुरमा पनि यसअघि लकडाउनको आदेश अवेज्ञा भएको समाचार आएको थियो ।

लकडाउनको आज पाँचौं दिन काठमाडौंको बालाजुस्थित् माछापोखरीमा रहेको तरकारी तथा फलफूल पसलमा उपभोक्ताको ठूलो भीड लागेको थियो । सरकारले किनमेलमा जाँदासमेत सोसल डिस्टान्स अर्थात सामाजिक दुरी कायम गर्न निर्देशन दिएको छ । तर, आज माछापोखरीमा त्यो नियम पालना भएको देखिएन् । तरकारी तथा फलफूल किन्न उपभोक्ताको अव्यवस्थित् भीड देखिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्