Logo

कोरोनाले स्पेनकी राजकुमारी टेरेसाको ज्यान लियो



चैत १६, एजेन्सी । तिब्र गतिमा संक्रमण भइरहेको कोरोना भाइरसले स्पेनकी राजकुमारी मारिया टेरेसाको ज्यान लिएको छ ।

कोरोना अर्थात कोभिड–१९ संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।

टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् ।

कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्। पछिल्ला दिनमा स्पेनमा यो भाइरसले भयावह अवस्था सृजना गरेको छ ।

कोरोनाको कारण स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।

स्पेनमा गत ७२ हजार २४८ संक्रमित भइसकेका छन्। सबैभन्दा धेरै इटलिमा १० हजारभन्दा बढिले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्