Logo

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो (कहाँ कति सूचीसहित)



चैत १६, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आईतबार राति १ बजेसम्म उक्त भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३० हजार २९९ पुगेको हो ।

इटलीमा मात्रै १० हजार २३ जनाको मृत्यु भइसकेको छ । स्पेनमा मृतकको संख्या ५ हजार ८१२ पुगेको छ ।

संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । त्यहाँ अहिलेसम्म १ लाख १६ हजारभन्दा बढिमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । मृतकको संख्या भने त्यहाँ इटली, स्पेन, चिन, फ्रान्स र इरानमा भन्दा कम छन् ।

९२ हजार संक्रमित भएको इटलीमा १० हजार २३, ७२ हजार संक्रमित भएको स्पेनमा ५ हजार ८१२, ८१ हजार संक्रमित भएको चिनमा ३ हजार २९५, ३५ हजार संक्रमित भएको इरानमा २ हजार ५१७ र ३७ हजार ५ सय संक्रमित भएको फ्रान्समा २ हजार ३१४ जनाले ज्यान गुमाएका छन् । जबकी १ लाख १६ हजारमा संक्रमण हुँदा १९४३ जना अमेरिकी नागरिकले ज्यान गुमाएका छन् ।

१७ हजारमा संक्रमण हुँदा १०१९ जना बेलायतीको निधन भएको छ ।

विश्वभर कुल संक्रमितमध्ये १ लाख ४० हजार भने उपचारपछि निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस्