Logo

कोरोना भाइरसः न्युयोर्कमा अनिल लिम्बुको अन्त्येष्टि



न्युयोर्क, १६ चैत्र । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका नेपालीको अन्त्येष्टि भएको छ । न्युयोर्क कुइन्स शहरमा बस्दै आएका ४९ वर्षीय अनिल थाम्सुहांग लिम्बुको स्थानीय समय अनुसार शनिबार अपरान्ह साँढे दुई बजे अन्त्येष्टि भएको हो ।

रमेश साम्बाहाम्फेका नामले चिनिने उनको अन्त्येष्टिमा परिवारका कुनै सदस्य सहभागी भएनन् । रोग सर्ने भएकाले परिवारका कुनै सदस्य सहभागी हुन नमिलेकोले सिमेटरीको एडमिनिस्टरले गर्नु परेको जनाइएको छ । उनी पाँचथर स्थायी घर भएका हुन् ।

लिम्बुको उपचार र निधन न्यू योर्कको एल्महर्स्ट अस्पतालमा भएको थियो। अमेरिकामा कोरोनाभाईसबाट निधन हुने उनी पहिलो नेपाली हुन्। उनलाई विगत दश दिन देखि रूघाज्वरो आएर अस्पताल आउनेजाने गरेको तर निधन हुनु ५ दिन अघि कोरोनाभाईरस रोग लागेको नतिजा आएको र ४ दिनदेखि भेन्टीलेटरमा राखिएको थियो।

अनिल सुब्बा लिम्बुको परिवारको सहयोगको लागि शुरू गरिएको जनाइएको छ । लिम्बूका श्रीमति, दुई छोरा र एक छोरी घरमै सेल्फ क्वारेन्टेनमा छन्।

लिम्बु वि.सं. २०२७ सालमा नेपालको पाँचथर जिल्लाको हाल कुम्मायक गाउँपालिका ४ रानीगाउँमा जन्मिएका थिए। उनी बिगत २० वर्षदेखि अमेरिकाको न्यू योर्क शहरमा बसोबास गर्दै आएका थिए। न्यू योर्कमा हाल उबर ट्याक्सी संचालन गर्दै आएका स्वर्गीय लिम्बूका श्रीमति, दुई छोरा र एक छोरी छन्।

लिम्बु पूर्व स्थानीय बिकास मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व। पूर्ण कुमार शेर्माका साख्खै भान्जा हुन्।

किरात याक्थुम चुम्लुंग अमेरिकाको पूर्व उपाध्यक्ष रहेर सामाजिक कार्यमा संधै तल्लीन र अग्रसर रहने अनिल लिम्बु नेपाली समाज अमेरिकाका केन्द्रीय सदस्य थिए। अमेरिकामा गैरआवासीय नेपाली संघ स्थापना भएपछिको पहिलो एनआरएन न्यू योर्क च्याप्टरको बोर्ड अफ डाईरेक्टर समेत बने । उनी जनसम्पर्क समितिको कृयाशील सदस्य र रेष्टुरेण्ट व्यावसायी पनि थिए।केही समय यता उनले राईड शेयरिंग उबर चलाउँदै आएका थिए।

स्वर्गीय अनिल लिम्बुकी श्रीमति गृहिणी हुन् भने उनका एक २२ वर्षीय छोरा, एक २० वर्षीय छोरी ९जोनर्सिंग अध्ययनरत० र अर्का ११ वर्षीय छोरा ९अमेरिकामा जन्मिएका० छन्।

न्यू योर्कमा झण्डै २० जना नेपाली संक्रमित

न्यूयोर्कमा झण्डै २० जना नेपालीलाई कोरोनाभाईरसको संक्रमण लागेको नेपाली समाजका अगुवाहरूले उल्लेख गरेका छन्। यो रोगबाट नेपाली डाक्टर, रेष्टुरेण्ट व्यावसायी, भिडियोग्राफर, ट्याक्सी ड्राईभर लगायतका पेशामा रहेका नेपालीहरू संक्रमित भएको जानकारी प्राप्त भएको छ।



प्रतिक्रिया दिनुहोस्