Logo

कोरोना भाइरसः चर्चित भिडयोग्राफर शम्भु मोक्तान न्युयोर्क अस्पतालमा



न्युयोर्क, १६ चैत्र । चर्चित भिडियोग्राफर शम्भु मोक्तान कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्क अस्पतालमा उपचार गराइरहेका छन् । उनी आफैले संक्रमित भएको खुलाउँदै तस्बिर सार्वजनिक गरेका छन् ।

अस्पतालबाट मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न भनेका छन् । उनले संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

मोक्तानको न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेको छ । सोमबार अस्पतालमा भर्ना भएका बुधबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

‘पाखुरा र टाउकोमा सोला हानेजस्तो भएको थियो । पहिले पनि यस्तो हुन्थ्यो । अनि पेनकिलर खाएपछि निको हुन्थ्यो, तर यसपटक निको भएन । तीनचारघण्टापछि फेरी दुख्न थाल्थ्यो । यसरी एकसातासम्म पनि दुखेपछि निको हुनुको साटो झन् स्वास फेर्न गाह्रो हुन थालेपछि अस्पतालमा इमर्जेन्सी रुममा भर्ना भएँ । सबै टेस्टहरु गरेपछि कोरोना पनि टेस्ट गर्दा पोजेटिभ भएको रिपोर्ट आयो । अहिले उपचार जारी छ,‘ उनको भनाई उदृत गर्दै खसोखासले लेखेको छ ।

अहिले आफूलाई स्वास फेर्न गाह्रो भइरहेको र बोल्न नसक्ने अवस्था भएको उनले अस्पतालबाट खसोखासलाई जानकारी दिए । तर अवस्था सुधारोन्मुख रहेको उनको भनाई छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका थिए । मोक्तान न्युयोर्कका चर्चित भिडियोग्राफर हुन् । उनले कैयन म्युजिक भिडियो र चलचित्रहरु समेत खिचेका छन् ।



प्रतिक्रिया दिनुहोस्