Logo

फुर्सदले निम्त्याएको पुस्तक प्रेम



काठमाडौँ, १६ चैत । कोरोना भाइरस ९कोभिड–१९०को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि मानिसको दैनिकी फेरिएको छ । सधैँ पेसा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन् ।

यो समयलाई मानिस विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन् । अध्ययनमा रुचि हुनेहरूका लागि यो पुस्तक पढ्ने राम्रो अवसर बनेको छ । कामले व्यस्त भएर पढ्न नपाएका पुस्तक पढ्न थालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यतिबेला पुस्तक अध्ययनमा व्यस्त रहेका छन् । उनले ट्विटरमा “कोरोना सिर्जित गृहबन्दी अवस्थाको सदुपयोग गर्न र देशको आन्तरिक राष्ट्रियतासम्बन्धी ज्ञान गहिरो पार्न बालकृष्ण पोखरेलको झन्डै ९०० पृष्ठको ‘खस जातिको इतिहास’ पढ्ने सुर कसियो” उनले बताए ।

पत्रकार शुष्मा बराली यतिबेला घरमै बसी काम गरिरहेकी बताएका छन् । आफ्नो काम सकेपछि दिनमा धेरै समय खाली हुन्छ । यस्तो बेला पुस्तकहरू उहाँको पनि साथी भएका छन् । “दिनभरि काम हुँदैन । पुस्तक पढेर रमाइरहेको छु,” उनको भनाइ छ । अहिले आफ्नो हातमा युग पाठकको ‘माङ्गेना’ र आहुतिको ‘नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष’ नामक पुस्तक रहेको पत्रकार बरालीले बताए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्