Logo

कोरोना भाइरसः एकै दिन ७० हजार संक्रमित थपिए, मृतक ३० हजार कट्यो



काठमाडौं, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ७० हजार बढेका छन् । पछिल्लो तथ्यांक अनुसार छ लाख ६२ हजार ९ सय ६७ संक्रमित भएका छन् ।

मृतकको संख्या पनि एकै दिन चार हजार बढेको छ । पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या ३० हजार ८ सय ५१ पुगेको छ ।
विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कुल संक्रमितमध्ये १ लाख ४१ हजार ९ सय ५३ उपचार भई घर फर्किएका छन् ।

मृततको संख्या २७ हजार ४ सय ५६ पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ ।

देश         संक्रमित
अमेरिका १२३४२८
इटाली ९२४७२
चीन ८१४३९
स्पेन ७३२३५
जर्मनी ५७६९५
फ्रान्स ३७५७५
इरान ३५४०८
बेलायत १७०८९
स्वीटजरल्यान्ड १४०७६
नेदरल्यान्ड ९७६२
दक्षिण कोरिया ९४७८
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्