Logo

कोरोना सङ्क्रमितको आग्रह  मेरो ख्याल गरियोस्



काठमाडौँ, १६ चैत । शुक्रबार कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गरेको छ ।

शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध गर्ने भएको छ ।  औषधि के खाने हो, त्यो पनि दिनुप¥यो र खानेकुरा के गर्ने, तातोपानी तताउन हिटर र थर्मस त मैले घरबाटै ल्याएको छु, उनले भने ।

उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल आएका थिए । दुवईबाट आएको भनेपछि उनलाई अस्पतालमै राखिएको थियो । उनमा सुरुमा ज्वरो ९७ डिग्री मात्रै भए पनि सामान्य खोकी लागेको छ । अस्पतालले शुक्रबार नै एक विज्ञप्ति जारी गरेर बिरामीको अवस्था सामान्य रहेको बताएको थियो । चैत ७ गते शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई)को दुवईबाट इमिरेट एयरलाइन्समा दिल्ली र दिल्लीमा छ घण्टाको ट्रान्जिटपछि बिस्तरा एयरलाइन्सबाट दिउँसो साढे चार बजे काठमाडौँ आएको उत्रिएको उनले जानकारी दिएको छ ।

त्यो दिन काठमाडौँमै मामाघरमा बसेर चैत ८ गते नेपालगञ्जसम्म बुद्ध एयरमा र त्यसपछि अटोरिक्सामा कोहोलपुर, माइक्रोबसमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी पुगेको उनले बताए । सङ्क्रमित युवक चार वर्षदेखि दुवईमा कार्यरत थिए ।
(गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्