Logo

तत्काल राहतको प्याकेज घोषणा गर्न माग



काठमाडौँ, १६ चैत । राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् ।

किसान नेताहरुले शनिबार विज्ञप्ति जारी गर्दै लकडाउनका कारण कृषि उत्पादन खेर जाने स्थिति भएकाले किसानको लगानी सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गरेका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघकाका इन्चार्ज कृष्ण राना र फ्याक्ट नेपालकी गंगादेवी राईले हस्ताक्षर गरेका छन् ।

यस्तै, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कोभिड–१९ बिरुद्ध लड्नका लागि उच्चस्तरीय विज्ञ समुह र राजनीतिक संयन्त्र निर्माण गर्न सुझाव दिनुभएको छ । संकटको बेला राज्य र राजनीति प्रतिको विश्वसनीयता जनतामा कायम राख्न समेत यस्तो संयन्त्रले सघाउ पुर्याउने विश्वास मिश्रको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्