Logo

कोरोना संक्रमित सबैको स्वास्थ सामान्य, कोरोनाबारे जानकारी लिन १११५ र ११३३ मा फोन गर्नुहोस्



काठमाडौं, चैत १६ । स्वास्थ्य मन्त्रालयले थप एउटा कल सेन्टर स्थापना गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अर्को कल सेन्टर स्थपना गरिएको हो।

मन्त्रालयले शनिबारदेखि थप एउटा कल सेन्टर स्थापना गरेको हो। उक्त सेन्टर सञ्चालनमा आयसंगै १११५ को साथै ११३३ मा पनि कल गरेर कोरोनासम्बन्धी जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ।

हालसम्म टेकु अस्पतालमा ८ सय ७५ वटा नमुना परीक्षण गरिएको र ३२ वटा परीक्षणको क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

हाल अस्पतालमा उपचार गराईरहेका चारैजना संक्रमितको स्वास्थ सामान्य रहेकोसमेत मन्त्रालयले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्