Logo

प्राज्ञिकद्वारा सर्वसाधरणका लागि भोजन सहित माक्स वितरण



मोहन श्रेष्ठ । काठमाडौँ, १६ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सर्वसाधरणका लागि भोजन सहित माक्स वितरण गरिरहेको छ । देशमा कोरोना सक्रमितको संख्या विस्तारै बढ्दै गरिरहेको परिस्थितिमा परिषद्ले उक्त कार्य गरेको हो ।

सरकारले लकडाउनको समय थप्दै जान सक्ने संकेत देखिएको छ । सरकारले जनताको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्णयहरु गरिएको हो भन्ने आम नागरिकले बुझ्न आवश्यक छ । यस सम्वेदनशील अवस्थामा नागरिक सचेत हुनु र सुरक्षित रहनु पहिलो प्राथमिकता हो । लकडाउनको कारण दैनिक परिश्रम पश्चात् आफ्नो जीविकोपार्जन गर्नेको दैनिकीमा विस्तारै प्रभाव देखिदैछ जसका लागि सहयोग एवं सेवा कार्यको आवश्यकता महशुस गहिरहेको अवस्थामा विद्यार्थी परिषद्ले सेवा गर्न शुरुवात गरिएको जनाएको छ ।

विद्यार्थी परिषद्ले विभिन्न सेवा कार्य अन्तर्गत भोजन वितरण सहित माक्स वितरण प्रारम्भ गरेको छ । यस प्रकारको अभियानले बेसाहारा र समस्यामा परेकाहरुका लागि राहत हुनेछ । विस्तारै आवश्यकता अनुसार देशभर सेवाको कार्य सञ्चालन गरिने विद्यार्थी परिषद्ले जनाएको छ । आफ्नो सुरक्षाको साथ मानवीय दायित्व निर्वाहमा विद्यार्थी परिषद् तन, मन, धन र चिन्तनका साथ अगाडी बढीरहेको छ । यस तर्फ आम सचेत नागरिक सक्रिय हुँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने तर्फ ध्यान दिन विद्यार्थी परिषद्ले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्