Logo

‘लकडाउन’ उल्लङघन गर्ने ६ सय पक्राउ,दुई घण्टा सडकमै हिरासतमा राखिने



काठमाडौं, चैत १६ । सरकारले घोषणा गरेको लकडाउनको छैटौं दिनमा लकडाउन पालना नगर्ने ६ सय भन्दा बढि पक्राउ परेका छन् ।

प्रहरीले आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने पाँच सय भन्दा बढि पुरुष तथा एक सय भन्दा बढि महिलालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी कार्यालय आइतबार अन्य दिनको तुलनमा लकडाउनको अवज्ञा गर्नेहरु बढेको जनाउदै पक्राउ परेकाहरुलाई सडकमै दुई घण्टा हिरासतमा राख्ने जनाएको छ ।

अहिलेसम्म प्रहरीले उल्लंघन गर्नेलाई पक्राउ गरी केही समय बन्दी बनाउने गरेको थियो ।पक्राउ परेकालाई गाडीमा राख्दा संक्रमण हुन सक्ने भन्दै सडकमै हिरासतमा राख्ने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्