Logo

आज मन्त्रिपरिषद बैठक, विशेष राहत प्याकेजबारे निर्णयको तयारी



काठमाडौं, १६ चैत्र । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मन्त्रिपरिषद बैठक बस्ने तय भएको हो । बैठकले विशेष राहत प्याकेजबारे निर्णय गर्ने बुझिएको छ ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरेको छ दिन भइसकेको अवस्थामा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकमा लकडाउनको समिक्षा, राहतको प्याकेज घोषणा, विदेशबाट आवश्यक स्वास्थ्य सामाग्री ल्याउनेलगायतका विषय एजेन्डामा रहेको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्