Logo

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २७ पुग्यो



एजेन्सी, १६ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । शनिबार ५ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली, केरला, तेलंगना, गुजरात र महाराष्ट्रमा एक एक जनाको निधन भएको छ । यो एकै दिनमा बढी मानिसको मृत्यु भएको पहिलो रेकर्ड हो । महाराष्ट्रमा ३३ जना थप संक्रमित भएका छन् ।

उत्तर प्रदेशमा ६६ जना संंक्रमित भइसकेको तथ्यांक छ । त्यहाँ शनिबार ११ जना संक्रमित भेटिएका छन् । बनारस, मेरट र गौतमबुद्धनगरमा संक्रमण भेटिएको हो ।

काश्मिरमा संक्रमितको संख्या बढेको छ । त्यहाँ ३३ जना संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्