Logo

चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका, पूर्व सचिव उपाध्यायले उठाए प्रश्न



काठमाडौं, १६ चैत्र । यतिबेला चीनबाट अरबौंको स्वास्थ्य सामाग्री ल्याइएको छ । तीमध्ये केही अनुदानका छन् भने बाँकी खरिद गरिएका हुन् । फास्ट ट्याकबाट औषधी खरिद गर्दा पहिले नै कुन कम्पनिलाई जिम्मा दिने भनी तय गरी गरिएको विषय एकजना पूर्व सचिवले उठाएका छन् ।

उपाध्यायले फेसबुकमा लेखेर यसबारे प्रश्न उठाएका हुन् । उनले वास्तविक मूल्यभन्दा तेब्बर चौबर गुना बढी पैसा तिरेर सामान खरिद गरी ल्याइएको लिष्ट नै राखेका छन् । यसले कोरोना संक्रमणका बेलामा सामान खरिदमा अनियमितताको गम्भीर आशंका जन्माएको छ ।

कोरोना अपर्झट आइदिनाले सरकारलाई अपर्झट मेडिकल सामाग्री महंगो परे पनि किन्न परेको होला पनि भनी लेख्दै मूल्यसुची पोष्ट गरेका छन् ।

भीम उपाध्यायले लेखेका छनः

स्वास्थ्य मन्त्रालयमा मुलुकमा कोरोनले अपर्झट क्राईसिस ल्यायो भन्दै २४ घण्टाभित्रै आपूर्ति हुने गरी हिजो शुक्रबार मेडिकल सामानहरू किन्ने निर्णय यसरी गरिएछ:

१. हिजो शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लाई गर्ने ३ दर्जन सप्लायर्सहरुको ३ बजे बैठक राखे। उक्त बैठकमा हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलगायतलाई पनि बोलाइए।

२. बैठकमा शुक्रबार अपरान्ह ५ बजेसम्म सबै सामानको दररेट दर्ता गर्न माग गरियो। ५ बजेसम्म अर्बौंको सामानको दर कसरी कोट गर्न संभव हुन्छ भन्दै सप्लायर्सले अलि समय मागे। बैठकमा मन्त्री भानुक्त ढकालले हस्पिटेकका विशाल पण्डितले मात्र चीनबाट पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने योग्यता रहेको मूल्यांकन गरेर निर्णय सुनाए। अरू सप्लायर्सलाई राति ७ बजेसम्म ईमेलबाटै रेट दिन भनियो। सबै सप्लायर्सले ७ बजेसम्म ईमेलमा दररेट पठाए।

३. तर बिशालबाहेक सबैको दररेट अस्वीकृत गरी बिशालको कम्पनीसँग राति नै सम्झौता गरियो। अरु सप्लायर्सले पण्डितको कम्पनीले ५०५ कम मूल्यमा दिन्छौं भनेर दररेट दिँदा पनि कुरै नसुनेपनि अन्य सप्लायर्सहरु ट्वाँ पर्दै जिल्लिए। त्यसपछि विशाल पण्डितको फर्मसँग सम्झौता गरियो।

४. २,३ घण्टामै अर्बौंको सामान किन्ने सरकारी सम्झौता सम्भव भयो । त्यसको केही घण्टा नबित्दै उत्पादक चिनियाँ कम्पनीसँग सामान लिन चीनतर्फ जहाज उडाउन सफल भयो।

५. सम्झौताको सामान लिन फटाफट गरेको दिन नै शनिवार बिहानै उडेर शनिबार राति १ बजे तिर सामान ल्याउने गरी नेपाल वायुसेवाको चार्टर जहाज चीनको ग्वांगजाउतिर उड्यो।

६. अर्बौंको मोजिकल थुप्रै आईटमसहित सामान ल्याउने सरकारी ठेक्का २४ घण्टामै पूरा गरेर उत्पादक कम्पनीले पनि कुनै अर्डरबिना नै सामान तुरून्तै दिनसक्ने गरी चमत्कारिक काम हुनपुग्यो। सामान पनि पहिले ठिक्क, जहाज पनि पहिले नै ठिक्क, उत्पादक पनि सामान हातमा लिएर ठिक्क र सप्लायर्स पनि ठिक्क र दररेट पनि ठिक्क । यस्तो चमत्कारिक नेपालमा सरकारी ठेक्का दर्ता हुनु, सम्झौता हुनु र सप्लाई पनि २४ घण्टा भित्रै हुनु , न भूतो न भविष्यति । मानियो यस्तो ऐतिहासिक कार्यक्षमता ।

विवरण स्रोतः भीम उपाध्यायको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्