Logo

उपेन्द्र यादव किन खनिए सरकारमाथि ? (भिडियोसहित)



काठमाडौं, १६ चैत्र । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लकडाउन आफैंमा कोरोनाको उपचार नभएको जिकिर गरेका छन् । उनले भने, “लकडाउन भनेको कुनै समस्याको समाधान होईन् । यो उपचार होईन् । रोगको निधान होईन् । यो सासेल डिस्ट्यान्स कायम गर्ने कुरा हो । चीनमा कोरोना भाइरसले एट्याक गर्यो । त्यहाँ त्यो भाइरस देखियो । नेपालमा लाग्न नदिनको लागि त्यतिखेरकै तयारी गर्नुपर्दथ्यो । र, अर्को कुरा लागेपछि के गर्नुपर्छ ? भनेर तयारी गर्नुपर्ने थियो । नेपालमा अहिले देखिएका केशहरु छन्, ती सबै बाहिर देशबाट प्रवेश भएको देखियो । यो भाइरसको परीक्षण सामान्य प्रयोगशालामा हुँदैन् । त्यसको लागि अत्याधुनिक प्रयोगशाला चाहिन्छ । हामीसँग भएका प्रयोगशालालाई स्तरोन्नती गर्नुपर्दथ्यो । त्यो काम भएन् ।”

शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब उपचारमा खटिने स्वस्थ्यकर्मीहरुको सुरक्षाको कुरा प्रधान भएको सुनाए । उनले भने,”उपचारमा संलग्न हुने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको लागि चाहिने पिपिईको कुनै व्यवस्था भएन् । पिपिईको व्यवस्था नभएकोले अहिले सामान्य रुघाखोकी लागेकाको पनि उपचार भएको छैन् । भोलि के के आउँदैछ भन्ने कुरा छोडौं । अहिलेसम्म यी सबै काम भैसक्नुपर्ने थियो ।” file photo



प्रतिक्रिया दिनुहोस्