Logo

उत्तर कोरियाले गर्यो हतियार परीक्षण, समुन्द्रमा प्रक्षेपण



एजेन्सी, १६ चैत्र । विश्व नै कोरोना भाइरसको जोखिमसँग जुधिरहँदा उत्तर कोरियाले एकपछि अर्को मिसाइल प्रक्षेपण गरिरहेको छ । आज विहान उसले कोरियाली प्रायद्धीप र जापानबीचको समुन्द्रमा अज्ञात प्रक्षेपण गरेको छ ।

जापानको प्रतिरक्षा फौजले आइतबार विज्ञप्ति जारी गरी उत्तर कोरियाले जानकारीमा नआएको प्रक्षेपण गरेको उल्लेख गेको छ । यो एक महिनाबीच लगातार छैठौं प्रक्षेपण हो ।

उत्तर कोरियाले कोरोना भाइरसको कुनैपनि संक्रमित नभेटिएको जनाउँदै आएको छ । तर, उसको छिमेकी देश दक्षिण कोरियाको मिडियाले त्यहाँ सयौं व्यक्ति संक्रमित भइसकेको उल्लेख गरेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्