Logo

सरकारले तत्काल राहत प्याकेज नल्याए मान्छेहरु लुटपाटतिर जान्छन्- डा. दिक्षित



काठमाडौं, १६ चैत्र । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले एक महिनाभन्दा अगाडि देखि लकडाउन गरी सीमा र विमानस्थल बन्द गर्नुपर्ने आवाज उठाएका थिए । उनले नेपालमा कोरोना भाइरस फैलिइसकेको समेत बताएका थिए । नागरिक अगुवा समेत रहेका दिक्षितले सरकारले राहतको प्याकेज नल्याई जनताको दैनिक उपभोग्य सामाग्रीको सुनिश्चितता नगरी लकडाउन नगरेकाले समस्या आउने बताएका छन् । डा. दिक्षितसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः

लकडाउनपछि देशको अवस्था के छ ?
अहिले हामी सबैको उद्देश्य एउटै हुनुपर्छ । लकडाउनलाई पूर्वरुपमा सफल बनाउने । त्यसलाई सफल बनाउन सरकारले यसको मारमा परेका जनतालाई राहत पुर्याइदिने हो । यदि सरकारले राहत प्याकेज ल्याउन सकेन भने मान्छेहरु सडकमा उत्रिन्छन्, त्यसबेला लकडाउन फेलियर हुन्छ । मान्छेहरुले खानै पाएनन् भने सडकमा उत्रिएर लुटपाटतिर जान्छन् ।
लकडाउनलाई त सबैले सहयोग गरिरहेका छन् त ?
गरेका छन्, कति दिन गर्छन् । जब घरमा खाद्यान्ना नै हुँदैन अनि के गर्ने ?
६ महिनाको लागि खाद्यान्न मौज्दात छ भनेर सरकारले भनेको छ नि ?
त्यो सुन्दा खुसी लाग्यो, सरकारमा हुनेहरुले खाउन् । तर, जनतालाई दिने कि नदिने ? अहिले पनि सरकारले यतिबेलादेखि यतिबेलासम्म पसल खुल्ला छ भन्छ तर पसल त खुलेको छैन ।
त्यसमा त नागरिकहरुको पनि दायित्व होला नि पसल किन खुलेन त ?
नागरिक त अहिले पूर्णरुपमा लकडाउनमा छ । नागरिकलाई त बन्द गर भनेर हार्मी, पुलिस लगायो त्यो त राम्रो कुरा हो । अहिलेको बेलामा त्यो नगरी सुखै छैन । त्यसो गर्नलाई पहिला प्याकेज गरेर मात्रै गर्नुपथ्र्यो । केही बन्दोबस्ती नगरी सोभैm लकडाउन गरिदिने ? लकडाउनलाई सहयोग जनताले गर्नसम्म गरेका छन् । तर, सरकारले गर्ने ठाउँमा ठाउँ–ठाउँमा ग्याँस, खाद्यान्न खोइ ? खुला छ भन्छन्, मानिसहरु लाइनमा जान्छन् १० बजेतिर गयो भने सिद्धियो भन्छन् । अहिले ग्याँस दिन नसकेपनि बिजुलीको भाउ एकदमै घटाइदेउन मान्छेहरु खाना बिलुजीमा पकाउँछन् ।
बिजुलीको भाउ त सरकारले घटाइसक्यो नि ?
त्यतिले पुग्दैन अभैm घटाउनुपर्छ । यतिबेला त सरकारले जनतालाई सक्दो राहत दिनुपर्छ । यति धेरै वर्षा भएको अहिले बिजुली त सरकारले जति पनि सस्तो दिन सक्छ । फोनको पैसामा पनि कटौति गर्नुपर्छ । अहिले त जति पनि व्यापारी, उद्योगीहरु छन् । तिनले २०÷२५ प्रतिशत कमाउँछन् भने त्यसलाई घटाउनुपर्छ । ५ प्रतिशत मात्रै कमाइ राखे भइहाल्छ नि । ती उद्योगी व्यापारीहरुले मजदुरलाई खान दिनुपर्छ ।
तपाईंले सरकरको मात्रै आलोचना गरेर भएन नि ?
सरकारको आलोचना गरेको होइन । यहाँ त खानलागेका व्यक्तिहरुको आलोचना गरिएको हो । यो बेलामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ । सरकार उपलब्ध छ भनेर मात्रै हुँदैन । जनताकोमा पुग्नुपर्छ । छ भनेर आश्वासन गर्ने एउटा कुरा, त्यसलाई कार्यान्वयन गर्नु अर्को कुरा हो । यहाँ कार्यान्वयन भएन, आश्वसन मात्रै भयो । यो लकडाउन एकदमै राम्रो कुरा हो । तर, सफल हुन एकमै कठिन छ । किन भने दक्षिणतिरका बोर्डहरु एकदमै खुला छ । जतिपनि मान्छेहरु आइराखेका छन् । क्वारेन्टाइनमा बस्न भनेका मान्छे भागिरहेका छन् । यतातिर लकडाउन भनेको छ, जनताले सहयोग गरिरहेका छन् । अर्कोतिर सरकारले त्यसलाई सिरियस रुपमा वास्ता नगरेपछि त कहीं न कहीबाट रोग त भित्रिन्छ । त्यसमा सरकारको पक्षबाट दत्तचित्त भएर काम गर्नुपर्यो ।
शनिबार मात्रै ४० उडान भए, एयरपोर्टमा लकडाउन गर्नुपर्छ भनेर तपाईहरु किन भन्नुहुन्न ?
नेपालमा आज होइन एक महिना अगाडिदेखि सम्पूर्ण रुपमा बन्द गर्नुपथ्र्यो । त्यो हामीले गरेनांै, त्यसको नतिजा अस्ति देखिहाल्नुभयो । फ्रान्स र बेल्जियमबाट आएको केटीलाई संक्रमण देखियो, अरु थपिँदैछ । पहिला नै एयरपोर्ट लाक गरेको भए त्यो स्थिति आउने थिएन । संक्रमण पस्ने नै यसरी हो । यस्तै एक-दुई, एक-दुई गरेर पसेपछि अनि सल्किहाल्यो नि । कतिपय विदेशीहरु छन् उनीहरुलाई पनि उनीहरुको देश जान चाहन्छन् भने पठाइदिने । लान चाहीं लाने तर, भित्र एउटा पनि प्यासेन्जर ल्याउन पाइँदैन । जहाँ–जहाँ उडेपनि मुख्य कुरा त्यहीं हो ।
अहिले विश्वनै कोरोनाको महामारीमा फसेको त्यसलाई रोक्ने अचुक अस्त्र लकडाउन नै हो ?
अहिले यसलाई रोक्ने एउटै मात्रै उपाय भएको लकडाउन हो, त्यसमा दुईमतै छैन । किन भने हामीसँग रोकथामको सामान पनि छैन । झन् औषधि त यसको छँदैछैन । यो त प्रकृति आपैmले डाउन गर्छ । जस्तो १०२ वर्ष अगाडि जुन स्पेनिस फ्ल्यु आएको थियो । त्यसलाई साम्य पार्न वर्षौं लागेको थियो । त्यसबेलामा पनि प्रकृतिबाटै उत्पादित भाइरसले खत्तम पारेको थियो । यसलाई पनि प्रकृतिले नै गर्न सक्छ । हामीले यसलाई नियन्त्रण गर्न सक्दैनौं । बचाउ गर्नुपर्छ । भाइरसलाई मान्छे चाहिएको छ, फैलिनको लागि । हामी लकडाउन भएर सुरक्षि बस्यौं भने उसले यताउता घुम्न पाउँदैन । त्यसको लकडाउनमा बस्नुभन्दा बाहेक यसको कुनै उपाय छैन ।
त्यसोभए लकडाउनलाई निरन्तरता दिनुपर्छ हो ?
यसलाई निरन्तरता मात्रै होइन अभैm कडा गर्नुपर्छ । तर, यसलाई निरन्तरता दिइरहँदा जनताले खान नपाएर दुःख पाउनुभएन । उनीहरुराहत प्याकेज को घर–घरमा रासन पुग्नुपर्छ । त्यो भएन भने लकडाउन सफल हुँदैन । हामीले जुन उद्देश्यले गरेका छौं, त्यसरी सफल हुँदैन । लकडाउन सफल हुन्छ, त्यसको लागि सरकारले घर–घरमा खाद्यसामाग्री पु¥याइदिनुपर्छ । त्यो भएन भने मान्छेहरु सडकमा उत्रिएर लुटपाट मच्चाउन सक्छन् खान पाएनन् भने ।
सरकारले पनि केही गर्दा हामी आशावादी त हुनुपर्यो नि ?
मजदूरको लागि सरकारले मात्रै होइन । सरकारले जहाँ–जहाँ सक्छ गरोस् । तर, जहाँ–जहाँ ठूला उद्योगधन्दा छन् । जहाँ व्यापारी, ठूला उद्योगपतिहरु छन् । तिनका उद्योग, व्यवसायमा काम गरेका थिए । तिनीहरुले आ–आफ्ना कामदार, मजदूरलाई यी पनि नेपाली हुन्, हिजो मेरो काम गरेका थिए, भोलि पनि चाहिन्छ भनेर यो बेलामा पुरापूर रुपमा राहत दिनुपर्छ । हिजोका मालिकहरुले यसबेलामा आफ्नो आम्दानी घटाएर भएपनि उनीहरुका कामदारको लागि सहयोग गर्नुपर्छ । त्यो हामी जनताको काम हो । त्यसमा पर्याप्त भएन भने सरकारले एक्सन लिनुपर्छ । यतातिर जब उद्योगी, व्यापारीहरुले जनता, कामदारहरुलाई राहत दिन्छन् । उनीहरुलाई पनि सरकारले आफ्नो ठाउँबाट छुट दिनुपर्छ । कर छुट गरिदेउन, तिमीहरुले नागरिकलाई गरेका छौं हामी तिमीहरुलाई कर छुट गरिदिन्छौं भनेर सरकारले भने भइको गो नि । विश्व इकोनोमीको हिसाबमा २००९ भन्दा कडा भइसक्यो । अब यहाँ घाटा नाफाको कुरै छैन । त्यसैले सरकारले पनि उद्योगी, व्यापारीलाई राहत देउ, अनि उनीहरुले पनि आफ्ना कर्मचारीलाई राहत दिन्छन् । घरबहालमा बसेकालाई पूर्ण रुपमा बहाल लिनुहुँदैन । किन भने घरमालिकले त खान पाएको छ । घरबहालमा बसेकाहरुलाई अहिले ६÷६ महिनासम्म त पैसै लिनुहुँदैन । हामी खान पाएकाहरुले पनि ब्यालेन्स डाइट गर्नुपर्यो ।
अर्थतन्त्रका लागि विश्वका राष्ट्रप्रमुखहरुले कसरी जाने भनेर भिडियो कन्फ्रेन्स गरिसके नि ?
यहाँ त पैसाको कुरै भएन । त्योभन्दा बढी यहाँ मालसामान चाहियो । जस्तो अहिले जो उपचारमा कटिने चिकित्सकको लागि माक्स, सेफ्टी सामाग्रीहरु चाहियो । परीक्षणको लागि किट चाहियो । उनीहरुलाई पैसा मात्रै दिएर काम लागेन । राहतमा पनि पैसा होइन, खानेकुरा, कर छुट, विद्युत्, टेलिफोनको बिल छुट गरिदेउ । यसमा अरु मुलुकहरुले गरेका छन् । अमेरिकाले त सबैभन्दा ठूलो प्याकेज आफ्ना मान्छेलाई दिइसक्यो । अरु सरकारले गरिराखेका छन् तर हाम्रो सरकारले के ग¥यो । हाम्रो सरकार दीर्घकालीन काम गर्दैन । खाली भैपरी आउने काम गरिराखेको छ । गरीवीका रेखामुनि रहेका जनतालाई प्याकेज नल्याइकन लकडाउन गरिदियो ।
घरबहालमा बस्नेलाई छुट दिनुपर्छ भनेर आवाज उठिरहेको छ त्यो सम्भव छ ?
त्यो त सम्भव मात्रै होइन अनिवार्य रुपमा गर्नैपर्छ । यस्तो अवस्थामा एउटा नेपालीले अर्को नेपालीलाई विचार गर्न सकेनौं भने हामी कसरी मानव भयौं ? मलाई भन्नुस् त । अब अहिले कमाइ छैन जो घरबाहालमा बसेका छन् तिनीहरुलाई बहाल तिर्न सकेनन् भनेर सडकमा निकाल्ने ? उसले त अहिले पैसा तिर्न सक्दैन, उसलाई राहत दिनैपर्यो नि । दुई महिना, तीन महिना जति सकिन्छ । अब घरभेटीले पनि आफ्नो हृदयलाई थाम्नुपर्यो म नेपाली हुँ भनेर । यतिबेला हामीले जो ज्याला, मजदुरी गरेर खानेलाउने गरेका छन् उनीहरुको लागि हामीले गरेनौं भने तिनै जनता भोलि हामी हुनेखानेका बिरुद्ध कठोर भएर सडकमा आउँछन् । त्यसलाई अराजकता भनिन्छ, त्यो पछि गएर लूटपाटमा परिणत हुन सक्छ । अहिलेको अवस्थामा घरबेटी हुन् कि, उद्योगी, व्यापारी हुन् कि व्यवसायी सबैले उदार दिलले जे सकिन्छ सहयोग गरौं । नत्र पछि हामीलाई आमजनताले सहयोग गर्दैनन् ।



प्रतिक्रिया दिनुहोस्