Logo

अमिताभ बच्चनको प्रेरक विचार



अमिताभ बच्चन बलिउडको एक यस्तो नाम हो जो आज करोडौ मानिसहरुको दिलमा राज गर्छन् । उनी कलाकार मात्र होइनन् साहित्यकार पनि हुन् । उनका पिता पनि कवि थिए । कवि पिताबाट उनले धेरै प्रेरणा पाए र कविता लेखे, विचारहरु व्यक्त गरे ।

यति धेरै महान उपलब्धि हासिल गरेर पनि उनले आफुलाई महानायक मान्दैनन् । उनको जीवनमा फिल्मको शुरुवात गरेपछि लगातार ९ फिल्म पm्लप भएपनि हार नमानी आफ्नो कामलाई निरन्तरता दिएर मानिसहरुले पत्याउनै नसक्ने गरी जीवनमा सफलता हासिल गरे ।

  • कुनै कामलाई सानो वा ठुलो नभनी दिल ठुलो गरेमा यो विश्व बदलिए वा नबदलिए पनि एक दिन अनुहार बदलिनेछ ।
  • मानिस जीवित रहन के गर्छन् र बाच्नेको उद्देश्य के हो यी दुई धेरै फरक छन् ।
  • यदि तपाईँमा लगनशिल, धैर्यता, हिम्मत भएमा जस्तोसुकै परिस्थितीको सामना गरेर सफलतापुर्वक अगाडी बढ्न सक्नुहुन्छ ।
  • मलाई म सुपरस्टार हो भनेर कहिल्यै महसुस गर्दिनँ ।
  • दुष्ट व्यक्तिको स्वभाव सधै अर्काको कार्य बिगार्ने हुन्छ ।
  • मैले कहिल्यै पनि महान हुनलाई काम गरिन, मैले त जुन काम गरेँ त्यो सोचेर गरेँ, जे गरे आफ्नो पुरै ऊर्जाका साथ गरे ।
  • हामीले आफ्नो जीवनमा जे चाहान्छौ उक्त चाहाना गर्नका लागि स्वतन्त्र छौं तर त्यसको परिणामबाट कहिल्यै मुक्त हुन सक्दैनौं ।
  • मलाई कहिलेकाही यस कुरामा दुःखी हुन्छु मसँग पुर्णरुपमा निरोगी र स्वस्थ शरीर छैन ।
  • झुठा, निराधार र गलत ज्ञान प्राप्त गर्नु भन्दा अज्ञानी, अशिक्षित वा विद्याहिन हुनु राम्रो हुन्छ ।
  • जो कोहि मानिस सामान्य लागेपनि सबैमा एउटा असाधारण प्रतिभा हुन्छ, जसलाई हाम्रो कौशलताले निखारता ल्याउनु पर्छ ।
  • कसैलाई आफ्नो उमेर बढाउने इच्छा नभएपनि उमेरको साथमा बढिरहन्छ यो स्वीकार्नै राम्रो हुन्छ ।
  • म एक साधारण अभिनेता हुँ मैले आफ्नो काममा मात्र मायाले गर्छु र मेरो उमेर र कुराका जिम्मा मिडीयाले लिन्छ ।
  • सबैको जीवनमा एक यस्तो समय आउँछ जसमा हामी ईमानदारी, स्थिरता, इज्जत र विश्वसनियतामा रुचि राखिन्छ ।


प्रतिक्रिया दिनुहोस्