Logo

सनराईज बैंकद्धारा पाटन अस्पतालमा पिपिई उपकरण सहयोग



काठमाडौं, १६ चैत्र । सनराईज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गरेका हुन् ।

सिईओ पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको स्पष्ट पारेका छन् ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको र त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय रहेको बैंकले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने भनेर प्रमुख कार्यकारी अधिकृत पौड्यालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्