Logo

परीक्षणको व्यवस्था जिल्लास्तरमा पुर्याउन डा कोइरालाको सुझाव



काठमाडौँ, १६ चैत : विश्व स्वास्थ्य सङ्गठनले बढीभन्दा बढी परीक्षणका लागि अपिल गरेको जानकारी गराउँदै नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला केवल टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरेर परीक्षणको चाप धान्न नसकिने भएकाले तत्काल सातै प्रदेशमा परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । उन्ल्ले क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रित गर्न सरकारलाई विशेष अनुरोध गरेका छन् ।

“हालसम्म पाँचजनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं व्यक्तिगत साथी समूहको परीक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद् छ । तत्काल परीक्षण गर्ने व्यवस्था मिलाउन म काँग्रेसका तर्फबाट सरकारलाई अनुरोध गर्दछु”, उनले अपिलमा उल्लेख गरेका छन् ।

लकडाउनमा घरभित्र बसेका जनतालाई सङ्क्रमणको कुनै आशङ्का हुनासाथ घरबाटै सावधानीपूर्वक ल्याएर परीक्षण केन्द्रमा पु¥याउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै महामन्त्री डा कोइरालाले त्यसरी आइसोलेसन र सङ्क्रमित देखिए सुरक्षित उपचारको व्यवस्थाले मात्रै सम्बन्धित व्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिने बताएका छन् । उनले काँग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा अन्य देशका सफलता र असफलताबाट पाठ सिकेर अघि बढ्नु सबैको राष्ट्रिय कर्तव्य रहेको अपिल गरेका छन्।File Photo



प्रतिक्रिया दिनुहोस्