Logo

लकडाउन भनेको कामै छोड्नु भनेको होईन, कृषकले आफ्नो काम गरौं : रामचन्द्र पौडेल



काठमाडौं, १६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले किसानहरुलाई निर्वाध रुपमा काम गर्न दिनुपर्ने बताएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले साताव्यापी लकडाउन लगाएको छ । यो आदेशसँग किसानहरु मारमा पर्ने भन्दै उनले उनीहरुलाई काम गर्न दिनुपर्ने बताएका छन् । प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले आम जनतालाई नआँत्तिकन बस्नसमेत आग्रह गरेका छन् । उनले भने, अत्यन्तै सावधानीपूर्वक आफ्नो व्यवहार चलाउनुहोस् । अब यो बेलामा धेरै अत्तालिनुहुँदैन् । धेरै भीडभाड गर्नुहुँदैन् । सरकारको उर्दीलाई सम्मान गर्नुपर्छ । तर, अहिले खेती लगाउने बेला हो । यो बेलामा कुटो, कोदालो छोडेर पनि नबसौं । सबै काम छोडेर नबसौं । सरकारले पनि आवागमनमा केही खुकुलो गरेको छ ।

बाँकी पूरा भिडियो हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्