Logo

‘स्वास्थ्यमन्त्रीज्यू तपाईंको सात पुस्तालाई पोल्छ’



काठमाडौं, १६ फागुन । चीनमा बसेर व्यवसाय गर्दै आएका नविन विकले स्वास्थ्यमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् खुला पत्र लेखेका छन् । उनले स्वास्थ्य सामाग्री खरिदमा ठूलो अनियमितता भएको उल्लेख गर्दै पत्र लेखेका हुन् ।

उनले सरकारले खरिद गरेको सामानको मूल्य र चीनको बजार मूल्यबीचको अन्तर समेत उल्लेख गरेका छन् । अन्तर ४६ लाख ४० हजार अमेरिकी डलर हुनआउँछ । यो नेपाली रुपैयाँमा ५५ करोड हुनआउँछ । यसले ५५ करोड अनियमितताको आशंका र प्रश्न तेर्सिएको छ । उनले पत्रमा लेखेका छन्ः

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।

यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड रु चश्मामा १५ करोडरु गाउनमा मात्रै ११ करोडरु मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो मन्त्रीज्यु ?

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।मेरो सम्पर्क नम्बर +86 18620758858  व्हाट्सअप, विच्याट
Email: [email protected]

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नगर्नुहोला । ।

नविन विकले सूचीकृत गरेको खरिद गरिएका सामानको वास्तविक मूल्य र सरकारले खरिद गर्दाको मूल्य



प्रतिक्रिया दिनुहोस्