Logo

बुटवलमा कोरोना विशेष अस्पतालमा उपचाररत युवाको निधन, रिपोर्ट आउन बाँकी



काठमाडौं, १६ चैत्र । रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित कोभिड-१९ विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ४ सिसौडाँडाका ३७ वर्षका युवक बाबुराम थापाको मृत्यु भएको छ । हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले दिएको जानकारीअनुसार उनको आज निधन भएको हो ।

तर, निधन भएका ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । कोरोना परीक्षणको लागि स्वाबको नमूना काठमाडौं पठाईसकिएको छ । क्षेत्रीका अनुसार निधन भएका ती युवक दश दिनअघिमात्रै दुवईबाट नेपाल फर्किएका थिए । दुवईमा उनी ट्याक्सी चालकको रुपमा काम गर्दथे । file photo



प्रतिक्रिया दिनुहोस्