Logo

एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित)



काठमाडौं, १६ चैत्र । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर। डिजिटलमार्फत आजबाट युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषि राज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्रलाई सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा  भरत गौतम र गीता भेटवाल हुन् । चलचित्रमा लाइन प्रोड्युसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी छन । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको  छ  ।



प्रतिक्रिया दिनुहोस्