Logo

लकडाउनको मौका छोरी नदीमा करेन्ट लगाएर माछा मार्ने पक्राउ



पर्वत, १६ चैत्र । मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाईे पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु दिनेश थापा मगर, राजु थापा मगर, विष्णु थापा मगर,समिर क्षेत्री, दुर्गा पौडेल र मिसन पौडेल रहेका छन् ।

उनीहरुलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनहरु सहित जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्